तीम्रै नीम्ती मेरो सीउदो खाली राख्न सक्दीन भो
पुष्प ब्रक्ष साथमा रीत्तो डाली राख्न सक्दीन भो
पत्र पत्र मील्काएर कोमल हागा भाच्नेलाई
मेरो मनको बगैचाको माली राख्न सक्दीन भो
जताततै भाताभुङ भई फाटेको यो जीन्दगिलाई
तीम्रा झुटा आस्वासनले टाली राख्न सक्दीन भो
बेहोश आत्मा झनै जल्यो,ठोस्दै गयौ त्यसै माथी
खरानी नै भईसक्यो मन बालीराख्न सक्दीन भो
बीश्वास थीयो देउतामाथी बीश्वास सारा टुट्न थाल्दा
मन्दीर छेउ फुलपातीको थाली राख्न सक्दीन भो
भवानी हुमागाई
काठमाडौं नेपाल
Note: Only a member of this blog may post a comment.