उस्को भाई सरकार सामु कराइ रहेछ
युद्दकाल अघि देखि राम हराइ रहेछ ||
पक्कै फुलको सुरक्षा गरेर नै हुनुपर्छ
फुलले'नि काडालाई मन पराइ रहेछ ||
त्यो अबोध स्कुल जान खोज्छ तर पनि उस्कै
बाउले हतियार बोक्न बाध्य गराई रहेछ ||
सुस्ता , टिस्टा कागडाले पुगेन रे भारतलाई
आज काठमाडौँ माथि दृष्टी चराइ रहेछ ||
त्यो माझी र 'रबिन'को जिन्दगि उस्तै नै रै'छ
आफु वारी बसी सबै पारी तराई रहेछ ||
- रबिन शर्मा चापागाईं
-जहदा -नवलपरासी
बिहिवार ,२८ , कार्तिक ,२०७०
Note: Only a member of this blog may post a comment.