गजल
उस्ले मदिरा पिलायो, फेरी चुरोट सल्कायो
पुरानो अथित बल्झायो, फेरी चुरोट सल्कायो !!
त्यही फलानिको कुरा, सुनाउदै थियो मलाई
आफैलाई बेहोस बनायो, फेरी चुरोट सल्कायो !!
हाम्रो बिछोड भएपछी, पिएको भन्दै थियो
सालेले मन दुखायो, फेरी चुरोट सल्कायो !!
कसैलाई प्यार नगर्नु, मन दुखाउन्छन भन्दै
धरधरी आँशु बगायो, फेरी चुरोट सल्कायो !!
सारा जिन्दगीको यस्तो, हिसाब किताब गरेर
मदिरा पिउन सिकायो, फेरी चुरोट सल्कायो !!
डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल
2070-07-20
Note: Only a member of this blog may post a comment.