किन किन रात प्यारो लाग्न थाल्यो अचेल
भट्टीको नै बात प्यारो लाग्न थाल्यो अचेल ||
उन्को यादमा तड्पीएर भट्टी छिरे देखि
सराबको मात प्यारो लाग्न थाल्यो अचेल ||
हिजो सम्म पराई झैँ लाग्थ्यो तिनी साइलि'नि
साईलिको हात प्यारो लाग्न थाल्यो अचेल ||
मन थे'न हिजो सम्म हेर्न उन्को प्रेम पत्र
पत्रको त्यो खात प्यारो लाग्न थाल्यो अचेल ||
- रबिन शर्मा चापागाईं
-जहदा न .प.
Note: Only a member of this blog may post a comment.