sahitya

गजल (दश बर्षमा घर हसाउने by जे.सागर)

~~~एउटा मान्छेको कथा~~~

दश बर्षमा घर हसाउने; छोरो हुन्छु भन्थ्यो,
पन्ध्र पुग्दा देश हाँक्ने; लक्ष्य बुन्छु भन्थ्यो |

जोश, जाँगर, उमङ्ग र तातो रगत थियो,
बिस टेक्दा त्यो केटोले; आकाश छुन्छु भन्थ्यो |

आकांक्षा र यौवनको; मेल पच्चिसमा ,
हरूवाले अर्ति दिन्छन, कान थुन्छु भन्थ्यो |

सपनाको खेति त्यति; मौलाएन क्यारे !
तिस पुग्दा अरुको'नी; कुरा सुन्छु भन्थ्यो |

कल्पनाको गगनबाट; बज्र्यो यथार्थमा ,
पैंतीसको हाराहारी; सँधै रुन्छु भन्थ्यो |

जीबन भन्नु यस्तै रैछ, बुझें चालीसमा ,
फाटेको मन् दायाँ बायाँ; हेरी तुन्छु भन्थ्यो |

पचास पुग्दा मैले सोधें, के गर्दैछु ठूले ?
तुहिएका सपनाको; माला उन्छु भन्थ्यो |

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यु.ए.इ)

Share this post

Post a comment

Note: Only a member of this blog may post a comment.

:ambivalent:
:angry:
:confused:
:content:
:cool:
:crazy:
:cry:
:embarrassed:
:footinmouth:
:frown:
:gasp:
:grin:
:heart:
:hearteyes:
:innocent:
:kiss:
:laughing:
:minifrown:
:minismile:
:moneymouth:
:naughty:
:nerd:
:notamused:
:sarcastic:
:sealed:
:sick:
:slant:
:smile:
:thumbsdown:
:thumbsup:
:wink:
:yuck:
:yum:

Next Post
Newer Post
Previous Post
Older Post