sahitya

A ghazal by rajendra chapagain


*****गजल********

हुदैछ चोखो प्रेमको नास अनि कति रून्छौ होला।
बस्नुनैछ नरक को बास अनि कति रून्छौ होला।

कति शोभा दिन्थ्यो होला बाहिर भित्र तिम्ले गर्दा;
गुमायो घरले त्यो सुवास अनि कति रून्छौ होला।

मनगाँठो पारेपनि अन्मिनुछ पराइसङगै;
बनाउलान घरको दास अनि कति रून्छौ होला।

पराइका बाहुहरू तिम्लाई समिप पार्न खोज्दा;
गन्हाउला उस्को सास अनि कति रून्छौ होला।

बिद्रोहिले धावा बोल्यो,मर्ने बाँच्ने ठेगान छैन;
आउला बाकसमा लास अनि कति रून्छौ होला।

प्रेम अनि हतियारको युद्ध चर्क्यो एकैचोटी;
हराईसक्यो बाँच्ने सहास अनि कति रून्छौ होला।

राजेन्द्र चापागाई।
रापाकोट-1,स्याङ्जा।
हाल -भेरी पारी

Share this post

Post a comment

Note: Only a member of this blog may post a comment.

:ambivalent:
:angry:
:confused:
:content:
:cool:
:crazy:
:cry:
:embarrassed:
:footinmouth:
:frown:
:gasp:
:grin:
:heart:
:hearteyes:
:innocent:
:kiss:
:laughing:
:minifrown:
:minismile:
:moneymouth:
:naughty:
:nerd:
:notamused:
:sarcastic:
:sealed:
:sick:
:slant:
:smile:
:thumbsdown:
:thumbsup:
:wink:
:yuck:
:yum:

Next Post
Newer Post
Previous Post
Older Post