डाँकिया दाईले यस्तो खबर ल्यायो
कमाउन गाको छोरो बाकसमा आयो
भाँचियो बुढेस कालको लाठी हेरन
कम्पनीले क्षेती पुर्ती मलम पठायो
खोलाको किनारा सानो झोपडी थ्यो
अहिले सालको भेल बाढीले बगायो
निकम्म सरकारले गरेन खोजी पनि
शहीद भनेर भित्तामा फोटो सजायो
सडकको छेउमा पाल हालेर बस्दैथे
सरकारले बल प्रयोग गरेर हटायो
राम कँडेल बाग्लुङ
हाल दक्षिण कोरिया ।
Note: Only a member of this blog may post a comment.