गजल,,,,
जित्दा जित्दै हार्नु पर्ने भए पछि धेरै रोएँ
आफ्ना इच्छा मार्नु पर्ने भए पछि धेरै रोएँ ||
नियतिले चुट्नु सम्म चुट्यो एक्लो देखि सधैँ
फक्रेको फूल् झार्नु पर्ने भए पछि धेरै रोएँ ||
कति गाह्रो बनाउन जुन चिज आफ्नो हुन्न
आफ्नै जालमा पार्नु पर्ने भए पछि धेरै रोएँ ||
अस्ति सम्म मेरी प्रिय भन्ने गर्थे मैले पनी
उन्कै बोली बार्नु पर्ने भए पछि धेरै रोएँ ||
बदनाम भा'छ 'रबिन्' उन्ले देह बेच्दा खेरी
माया अन्तै सार्नु पर्ने भए पछि धेरै रोएँ ||
रबिन शर्मा चापागाई.'मृत्यु'
जहदा - नवलपरासी

Note: Only a member of this blog may post a comment.