sahitya

कविता - दर्जी दाई


-रबिन शर्मा चापागाईं
- जहदा - नवलपरासी
सोमबार ,१५-०९-२०७०
-म जस्तै एउटा मुर्ख
लाशलाई सिढी बनाउदै
चढेको छ 'सगरमाथा'
त्यसैले
अचेल उ बास बस्दैन
'थवाङ्गमा'
उसको लागी थवाङ्ग
इतिहास भैसक्यो

भै सक्यो रुकुम रोल्पा
'बिरानो' |
उति बेला जनताको रगत
तमोर र अरुणमा बग्दा
उ निकै प्रशन्न हुन्थ्यो

दिन्थ्यो झुटा आश्वाशन
अनि भन्थ्यो
'जन युद्द ' जारी छ
एकदिन
सर्बहारा बर्गले अवस्य
'मुक्ति' पाउँछन |
इतिहास उल्टियो
अनि
शान्तिको देश 'नेपाल'
रणभूमिमा परिवर्तन भयो
बित्यो दशक मरे हजारौ
अनि
मारिए हजारौं
कतिको इज्जत लुटियो
कती घर जलाइयो
कति पुल काटियो
कति पानीका टंकी फूटाइयो
संगै
मेरा दर्जी दाइलाई बन्दुक बोकाइयो |
दलित मुक्तिको चर्का नारा लगाए
ति
दर्जी दाईले अनि चलाए बन्दुक
सियो चलाउने हातले र मारे सयौ
कहिले पाल्पा उडाए ,
कहिले सन्धिखर्क जलाए

कहिले बर्दिया सकाए
अनि
आफैले बीरगति प्राप्त गरे
देश बन्ने आशामा |
खोइ अचेल कता हरायो ?
देश बनाउने तिनका नारा
अनि
खोइ ? सर्बहारा बर्गलाई मुक्ति
यो प्रश्न तिनै सिउदो पुछिएकि
एक अबला नारी
दर्जिनी भाउजुको हो ,
तिनीहरुलाई ,
जो
जनयुद्दको नाममा अचेल
करोड पति भएका छन्
अनि
बसेका छन् सत्तामा , सिमा बेच्दै
तिनी हरुलाई यो पनि थाहा छैन
कि
क्षेत्र , जनता र भूगोल बिना सत्ता
हुन्छ कि हुदैन भन्ने |
इतिहास साक्षि छ ,
अनि
तिन करोड जनता
पहिले , जनयुद्दको नाइके
खाली खुट्टा हिड्ने गर्थे
तर अचेल
काठमाडौँमा खाजा खाएर
थाई एयरको चिसो हावा खादै
पुग्छन सिंगापुर
लन्च गर्ने निहुँमा
लाखौ खर्च गर्दै |
तर
बिचरा ति मेरा दर्जी दाइको घरमा
एक दानो चामल छैन
एक मुठ्ठा साग छैन
एक ढिक्का नुन छैन
अनि
छैन शरीर ढाक्ने एउटा धागो
यो पुरातनबादी समाज , गिज्याउदै
ति बिचरी दर्जीनि भाउजुलाई भन्छ
बिचरा
" दर्जीको घरमा धागो छैन "

Posted via Blogaway

Share this post

Post a comment

Note: Only a member of this blog may post a comment.

:ambivalent:
:angry:
:confused:
:content:
:cool:
:crazy:
:cry:
:embarrassed:
:footinmouth:
:frown:
:gasp:
:grin:
:heart:
:hearteyes:
:innocent:
:kiss:
:laughing:
:minifrown:
:minismile:
:moneymouth:
:naughty:
:nerd:
:notamused:
:sarcastic:
:sealed:
:sick:
:slant:
:smile:
:thumbsdown:
:thumbsup:
:wink:
:yuck:
:yum:

Next Post
Newer Post
Previous Post
Older Post