रुन्न अब रुंदै रुन्न उनको अभावमा तारापनी बांचेकै छ जुनको अभावमा ||
थोपा थोपा रगतपनी मुटु सँगै लग्यौ
जीएर देखाउछु म खुनको अभावमा ||
रोएको छ चौतारी नी धुनको अभावमा |
हीरामोती,मणी रत्न तीम्रै पेवा भयो ..
पीतलनै स्वीकार्ने छु सुनको अभावमा ||
सुन बीना,खुन बीना,उनी बीनै हांसेपनी
आज फेरी कीन रोएं? कुनको अभावमा ||
© भवानी हुमागाई
काठमाडौं नेपाल।।
Note: Only a member of this blog may post a comment.